संविधान रक्षाका लागि कांग्रेस नेतृत्वको गठबन्धन बनेको हो : देउवा

 कात्तिक ४, २०७९ शुक्रबार १६:२८:८ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान रक्षाका लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बनेको दाबी गर्नुभएकाे छ । 

बुटवलमा आज शुक्रवार आयोजित लुम्बिनी प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनावपछि पनि गठबन्धन कायम रहने भएकाले निर्धक्क भएर गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो । कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले लोकतन्त्र जोगाउनु र प्राप्त उपलब्धिकाे रक्षा गर्नु अहिलेको दायित्त्व भएकाे बताउँदै गठबन्धनप्रति कांग्रेस इमानदार रहेको उल्लेख गर्नुभयाे । 

यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर ४ गते हुने चुनाव ठूलो राजनीतिक लडाइँ भएको बताउनुभयो । केपी ओली नेतृत्वको सरकारको अहङ्कार र सुनियोजित भ्रष्टाचारका विरुद्ध गठबन्धन बनेकाे जिकिर गर्दृ उहाँले गठबन्धनका उम्मेदवारलाई जिताउन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले नेतृत्वको गठबन्धनलाई सङ्घ र प्रदेशको चुनावमा समेत पराजित गर्ने दाबी गर्नुभयाे । जोखिम मोलेर देशलाई सङ्कटमा जानबाट जोगाएको उहाँकाे जिकिर थियाे । 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्था रक्षाका लागि गठबन्धन बनेको दाबी गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया