जुम्लामा १ सय ५० मेगावाटको जवा–तिला जलविद्युत् आयोजना अगाडि बढाइने

 मंसिर २७, २०७९ मंगलबार १०:२७:४२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा १ सय ५० मेगावाट क्षमताको जवा–तिला जलविद्युत् आयोजनाको काम अगाडि बढ्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले १ सय ५० मेगावाटको परियोजना अगाडि बढाउने निर्णय गरेपछि काम अगाडि बढ्ने भएको हो ।

यो परियोजनामा झण्डै ३५ अर्ब लगानी लाग्ने प्रारम्भिक अनुमान छ । जवा–तिला परियोजनाका लागि २०७८ साल असोजमा जुम्लाबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने निवर्तमान सांसद तथा कर्णालीका पूर्व मन्त्री नरेश भण्डारीले निवेदन दर्ता गर्नुभएको थियो ।

जलविद्युतकाे काम  अगाडि बढ्ने भएपछि जुम्ला र कर्णालीमा बिजुली पर्याप्त हुने भन्दै उपभोक्ता खुसी भएका छन् । यो योजनाले पूर्णता पाएमा बिजुलीको समस्या नहुने र जुम्लाको आर्थिक विकासमा पनि सहयोग पुग्ने जुम्लाको पातारासी गाउँपालिकाका स्थानीयबासिन्दा गोरबहादुर बुढाले बताउनुभयो ।

जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ तर क्षमता नपुग्दा समस्या छ । सुर्खेत, दैलेख, कालिकोटको भिरपाखाबाट पुगेको लाइनमा बेला बेलामा तार र पोलमा क्षति भैरहने समस्या छ । बिजुली अनियमित हुने गरेको छ । कर्णाली प्रदेशका पूर्वमन्त्री भण्डारीका अनुसार यो परियोजना कर्णालीकै लाईफ चेन्जर परियोजना हुनेछ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया