लेखक ध्रुव जोशीको ‘अनुभूतिका महक :’ लोकार्पण

 पुस ३, २०७९ आइतबार १४:५५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ । लेखक ध्रुव जोशीको कविता संग्रह ‘अनुभूतिका महक :’ लोकार्पण भएको छ ।

जोशीद्वारा लेखिएका नेपाली र हिन्दी–उर्दू भाषाको कवितासंग्रह ‘अनुभूतिका महक :’ हिजो ललितपुर सानेपाको हेरिटेज गार्डेनमा एक समारोहबीच लोकापर्ण गरिएको हो । 

ललितपुर सानेपामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि तथा संस्कृतिविद् तुलसी दिवसले कविता संग्रह सार्वजनिक गर्दै उमेरले मानिसको सिर्जनशीलतालाई नछेक्ने बताउनु भयो । 

कवि जोशीले ८० वर्षको उमेरमा कविताकृति प्रकाशनमा ल्याएकोमा शुभकामना दिँदै कवि दिवसले ध्रुव जोशी प्राविधिक क्षेत्रका व्यक्ति भए पनि एउटा मानिसमा सिर्जनशीलता र कवित्वको भाव हुनसक्ने उनको काव्यकृतिले स्पष्ट पारेको बताउनु भयो ।

कार्यक्रममा प्राडा कृष्णप्रसाद दाहाल र प्राडा सञ्जिता वर्माले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । कृषि विज्ञ तथा कवि ध्रुव जोशीले जीवनलाई समयले प्रभावमा पारेकै कारण आफू भित्रको भावना लिएर कविताको महासागरमा आइपुगेको बताउनु भयो । 

नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले यो उमेरमा यसरी कृति सार्वजनिक गर्नु महत्वपर्ण रहेको आगामी दिनमा निरन्तरताको शुभकामना पनि दिनभयो । सार्वजनिक कविताकृति ‘रामहरि जोशी चन्द्रतीर्थ ट्रष्ट’को सहयोगार्थ प्रकाशित गरिएको हो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया