रुकुम पश्चिम : चैत १ गतेदेखि हराइरहेका व्यक्तिकाे शव फेला

 चैत ७, २०७९ मंगलबार १९:३७:३६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा चैत १ गतेदेखि हराइरहेका एक जना पुरुषको शव फेला परेको छ ।  

मुसीकोट नगरपालिका वडा नम्बर ३ का ६० वर्षका लोकबहादुर केसीको शव फेला परेको हो । छेडादेखि माछिमी जाने भित्री सडक खण्डको गड्याङ भन्ने ठाउँमा केसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।   

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईले केसीकाे शव सडकदेखि तल माटोमा फेला परेकाे बताउनुभयाे । शव माटो र ढुङ्गाले पुरिएको अवस्थामा भेटिएकाले हत्या गरिएको हुनसक्ने केसीका परिवारजनको भनाइ छ । 

बोल्न नसक्ने केसी घाँस काट्न भनी चैत १ गते बिहान ८ बजे घरबाट निस्कनुभएको थियो । उहाँ घर नआएकाे भनी प्रहरीमा निवेदन पेस भएपछि खाेजी भएकाे थियाे । डीएसपी भट्टराईको नेतृत्वमा रहेको प्रहरी टोलीले खाेजी गर्दा केसीकाे शव आज मङ्गलबार फेला परेको हो । घटनाको अनुसन्धान भइरहेको भट्टराईले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया