लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त, पक्षमा ३३ र विपक्षमा ५३ मत

 बैशाख ११, २०८० सोमबार १३:२३:२७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त हुनुभएको छ । प्रदेश सभा बैठकमा विश्वासकाे मत नपाएपछि मुख्यमन्त्री गिरी पदमुक्त हुनुभएको हो ।

नेकपा माओवादी केन्द्रसहित सत्तारुढ दलहरुले गएको चैत १२ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले आज प्रदेश सभा बैठकमा विश्वासको मत माग्नुभएको हो । गिरीको पक्षमा एमालेका २९ र राप्रपाका ४ गरी ३३ मत मात्रै खस्यो । ८७ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४४ सांसदको समर्थन आवश्यक थियो ।

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका हुन् । सत्तामा सहभागी दलहरुले समर्थन फिर्ता लिएपछि नेकपा माओवादी, नेपाली कांग्रेससहितका ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको बताएको छ । लुम्बिनी प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हो । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया