दाङकाे तुलसीपुरमा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे, दुई जना घाइते

 बैशाख २१, २०८० बिहिबार ६:५७:२४ | हेमराज शर्मा
unn.prixa.net

साङ्केतिक तस्बिर

दाङ - दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन्  ।

करेन्ट लागेर रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं १२ घर भइ दाङको तुलसीपुर बस्दै आएका २८ वर्षीय महेश विकको ज्यान गएको हाे ।

तुलसीपुर उपमहागरपालिका वडा नं ६ मा रहेकाे आफ्नाे कार्यालयको विज्ञापन बोर्ड फेर्ने क्रममा विकलाई करेन्ट लागेको थियाे । 

विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गए राति ज्यान  गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

विक तुलसीपुरमा जापानिज भाषा पढाउँदै आउनु भएकाे थियाे । 

यस्तै, करेन्ट लागेर पुथा–१२ कक्सेरा फल्नेका १६ वर्षीय अर्जुन विक र भूमे गाउँपालिका–४ काँडाकी १८ वर्षीया मोनिका विक घाइते भएका छन् ।

पुरानो विज्ञापन बोर्ड झिकेर नयाँ जडान गर्न लाग्दा उनीहरुलाई करेन्ट लागेको हाे । घाइते दुवैलाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज  पठाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया