कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएकाे आराेपमा दाङमा आठ जना पक्राउ

 असार २, २०८० शनिबार १७:३७:३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएकाे आरोपमा दाङमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका-५ सिमल खुटीका ज्ञानबहादुर विक, जोगिनी विक, नागरिकता लिने नाति विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरु सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती रहेका छन् । 

ज्ञान बहादुरले आफ्नो छोरीको छोरा विवेकलाई आफ्नै छोरा भनी कीर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय दाङमा परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका  प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।

उनले गएकाे वैशाख २७ गते गाउँका पाँच जनालाई वडामा साक्षी बसाएर नातिलाई छोरा बनाइ जन्म दर्ता बनाएको प्रहरीको भनाइ छ । 

जन्मदर्ताको आधारमा विश्वकर्मालाई वडाले नागरिकताको लागि सिफारिस समेत दिएको बताइएको छ । त्यसपछि वैशाख २८ गते इलाका प्रशासन कार्यालय लमहीबाट सिफारिसका आधारमा विवेकले नागरिकता प्राप्त गरेको खुलेको छ ।

डीएसपी गौतमका अनुसार राजपुर गाउँपालिका टंक बहादुर विष्ट र वडा सचिव फरार रहेका छन् । पक्राउ परेका ८ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको उहाँले बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया