दाङ : शिक्षा अधिकृतलाई कुटपिट गरेकाे आराेपमा शान्तिनगर–२ का वडाअध्यक्ष पक्राउ

 असार ८, २०८० शुक्रबार १४:२:४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष सुनिल वली पक्राउ परेका छन् । वडाअध्यक्ष वलीलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले नारायणपुरबाट आज पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

वडाध्यक्ष वलीले हिजो बिहीवार दिउँसो शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गर्दै कागजात च्यातेपछि उनीविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको थियो । 

पक्राउ परेका वलीलाई जाहेरीका आधारमा आजै म्याद थप गरेर कानुनी कारबाही अघि बढाउने डीएसपी राजन गौतमले जानकारी दिनुभयो । अनुसन्धानका लागि उनलाई आजै म्याद थप गरेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा पठाउने तयारी गरिएको छ ।

 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया