तबसुन खातुनको हत्या आरोपमा सौतेनी आमासहित तीन जना पक्राउ, गाडेको शव निकालेर पोष्टमार्टम गरिने

 मंसिर २, २०८० शनिबार १८:४२:३७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको हरिवन नगरपालिका–११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा सकिना खातुन, मृतकको मामा शेख जिलानी र उनका छोरा शेख असजद रहेका छन् ।

गएको कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका–११ बालगंगाको चिहानमा गाडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले अनुसन्धान थालेको थियो । खातुनको हत्या भएपछि हतार हतार गरेर मुस्लिम परम्परा अनुसार खाल्डोमा गाडिएको थियो ।

तर प्रहरीले उनको शव निकालेर परीक्षण गरिने जनाएको छ । खातुनको मृत्यु रहस्यमय भएको प्रहरीमा जानकारी आएकाले शव निकालेर पोष्टमार्टम गर्न लागिएको प्रहरीले जनाएको छ । मृतक खातुनको शव परीक्षण गर्ने भनेपछि मृतकका बाबु सेख इर्साद र दाई शेख चाँद फरार भएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया