म्याग्दीकाे बेनी–गलेश्वर सडक खण्डमा कालोपत्रको काम शुरु

 मंसिर १०, २०८० आइतबार १०:३०:४२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत बेनी–गलेश्वर खण्डमा हिजाे शनिवारदेखि कालोपत्रको काम शुरु भएको छ । गएको वर्ष माघ महिनादेखि शुरु भएको सडक स्तरोन्नतिको काम सकेर कालोपत्रको काम अगाडि बढाइएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । 

बेनी–गलेश्वर सडक खण्डमा कालोपत्र गर्न आजदेखि प्राइम कोट हाल्न शुरु गरिएको आयोजनाका साइड इन्जिनियर अच्युतविसाल पन्तले जानकारी दिनुभयो । प्राइम कोट हालेको २४ घण्टापछि ट्याक कोट हालेर गिट्टी हाल्ने र लगत्तै फस्टकोट राखेर मेसिनले पेल्ने उहाँले बताउनुभयो । त्यसपछि सेकेन्ड कोट अलकत्र छरेर मसिनो गिट्टी हालेर पेलेपछि कालोपत्रेको काम सकिनेछ । 

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाले २ किलोमिटर १ सय २ मिटर दूरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न जय धनञ्जय मङ्गलादेवी सुवास जेभीसँग १२ करोड ७५ लाख ९४ हजार चारसय २६ रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो । 

बेनीदेखि गलेश्वरसम्म ३ किलोमिटर दूरी रहेको यो सडक खण्डले बेनी नगरपालिकाको ६, ८ र ९ नम्बर वडाको भूगोललाई छुनेगर्दछ । बेनी–गलेश्वर खण्ड बेनी नगरपालिका हुँदै उत्तरी म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण भएर हिमालपारिको जिल्ला मुस्ताङ र प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया