मौसम बदली हुन थालेपछि उखरमाउलो गर्मी कम हुन थाल्याे
बैशाख २३, २०८१ आइतबार
सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–१ जनप्रतिनिधिले गाउँपालिकाले विभेद गरेकाे भन्दै अनिश्चितकालीन वडा बन्दकाे घाेषणा गरेका छन् । गाउँपालिकाले वडा नम्बर १ लाई विभेदपूर्ण व्यवहार गरेको भन्दै वडाका सम्पूर्ण जनप्रतिनिधिले निर्णय नै गरेर अनिश्चितकालका लागि वडाको सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।
बुधवार वडाका सबै जननिर्वाचित प्रतिनिधिहरु उपस्थिति भइ बसेको वडा समितिको बैठकले गाउँपालिकाको विभेदपूर्ण व्यवहारप्रति खेद प्रकट गर्दै जायज माग सम्बोधन नभएसम्मका लागि वडाको सबै कामकाज बन्द गर्ने निर्णय गरेको हाे ।
बैठकले स्थानीय सरकार ऐन २०७४ दफा १२ ले दिएको काम, कर्तव्य र अधिकार तथा गाउँपालिका सम्बन्धी ऐन, कार्यविधि सम्मत वडा समितिको काम, कर्तव्य र अधिकार गाउँपालिकाबाट हनन भइरहेकोले वडा समितिलाई काम गर्न असहज महसुस भएको ठहर गरेको छ ।
वडा समिति जनताबाट प्रत्यक्ष निर्वाचित प्रणालीबाट जनताको प्रतिनिधि भएपछि जनताको पक्षमा काम गर्ने हाम्रो जिम्मेवारी भए पनि गाउँपालिकाबाट भएको गाउँसभा तथा कार्यपालिकाको निर्णय, निर्देशन, कानुन सम्बन्धमा वडा कार्यालयलाई थाहा नदिने, वडा समितिबाट टोल स्तरीय योजनाको माग प्राथमिकीकरण र योजना छनौट सिफारिस गर्दा थाहा नदिइएको बताइएको छ ।
चालु आर्थिक वर्षको योजनाको सिलिङ बजेटबाट करिब १७ लाख कटाएको र महालेखाबाट गाउँपालिकाको लेखापरीक्षणको प्रतिवेदन कार्यपालिका सदस्यलाई थाहा नदिएको, संघ, प्रदेश स्तरीय अयोजनामा वडा समितिलाई जानकारी, सहभागी, सहकार्य नगरी योजना कार्यान्वयन गर्ने जस्ता कार्य गरेको तथा वडा समितिलाई विभेदपूर्ण तरिकाले काम गर्ने प्रवृत्ति भएको भन्दै खेद प्रकट गरेको छ ।
वडा समितिलाई विभेदपूर्ण व्यवहार नगर्न पटक पटक अनुरोध गर्दा समेत त्यस्तो अवस्थाको अन्त्य हुन नसकेको भन्दै वडा कार्यालयबाट अनिश्चित कालका लागि वडा कार्यालयको दैनिक तथा योजना सम्झौता लगायतको प्रशासनिक कार्य गर्न नसकिने निर्णय गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, खुम्बु पासाङल्हामु गाउँपालिकालाई पत्राचार गरी जानकारी गराएको जनाएको छ ।
आफूहरु निर्वाचित भएपछि गाउँकार्यपालिकाको २७ वटा बैठक बसे पनि बैठकमा भएका कुनै पनि निर्णयहरु सार्वजनिक नगर्ने तथा गुपचुपमा सही गराउने गरेको खरिखोलाका वडाध्यक्ष फुनुरु शेर्पाको आरोप छ।
यता गाउँपालिकाले भने वडाले लगाएको सबै आरोपमा कुनै सत्यता नभएको दाबी गरेको छ । पालिकाको निर्णय र कार्यसम्पादनप्रति असन्तुष्टि भए निखित रुपमा पेश गर्न चुनौती दिँदै कपोकल्पित आरोपले कुनै फरक नपर्ने गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताउनुभयो ।
पालिकाका सबै वडालाई आफूहरुले समान व्यवहार गरेको भन्दै असन्तुष्ट भए त्यस विषयमा छलफल र सम्वादको माध्यमबाट माग सम्बोधन गर्न आफूहरु तयार रहेको गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा नम्बर–१ का वडाध्यक्ष बाहेक सबै वडा तथा पालिकाका अध्यक्ष तथा उपाध्यक्ष नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।