साँखुु र लाजिम्पाट फिडर अन्तर्गतका क्षेत्रमा आज केही घण्टा बिजुली नआउने

 पुस १४, २०८० शनिबार ७:५७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ - काठमाण्डौको साँखुु र लाजिम्पाट फिडर अन्तर्गतका क्षेत्रमा आज चार घण्टादेखि साढे चार घण्टासम्म बिजुली नआउने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार साँखु फिडर अन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिंह पौवा, नाङ्लेभारे क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ ।

११ केभी मूलपानी सबस्टेशन मर्मतका लागि साँखु फिडर बन्द गर्नुपर्ने भएकाले ती क्षेत्रमा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, लाजिम्पाट फिडर अन्तर्गत पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ । ती ठाउँहरुमा विद्युत् भूमिगतको काम गर्नुपर्ने भएकाले साढे चार घण्टा बिजुली नआउने प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया