‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न आरजु राणाको माग

 पुस २६, २०८० बिहिबार १७:१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – कृषि, सहकारी तथा प्राकृतिक स्राेत समिति सभापति आरजु राणाले सानै उमेरमा हुने विवाह अनुमतिपत्र (लाइसेन्स) को व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा सभापति राणाले विवाह गर्नका लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर चेलीबेटी बेच्ने कुरा अन्त्य हुने जिकिर गर्नुभयाे । यसका लागि वडा तहदेखि नीति बनाउन आवश्यक रहेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘विवाहका लागि लाइसेन्स लिन राम्रो हुन्छ । लाइसेन्स भयाे भने कम उमेरमा विवाह गर्ने र विवाह गर्छु भनेर भगाएर चेलिबेटी बेच्ने कुरा रोकिन सक्छ ।’

सभापति राणाले धेरै देशहरूमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको बताए पनि ती देशहरू कुन् हुन् भन्ने उल्लेख गर्नुभएन । उहाँले कम उमेरमा विवाह गर्नेहरूलाई अभिमुखीकरण दिनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया