नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित

 पुस २७, २०८० शुक्रबार १७:९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । कैलालीको टीकापुरमा चलिरहेको उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा अध्यक्ष पदका लागि चौधरीको मात्रै उम्मेदवारी परेको हो ।

२०७२ मा भएको टीकापुर घटनामा दोषी ठहर भएपछि जेल गएका चौधरीले गएकाे वर्ष  जेलबाटै आफू संरक्षक रहेर पार्टी स्थापना गर्नुभएको थियो । यसअघि श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर पार्टी स्थापना गरेका चौधरी जेलबाट छुटेपछि महाधिवेशनबाट जनमत लिएर अध्यक्ष बन्नुभएको हो । राष्ट्रपतिबाट कैद मिनाहा भएपछि उहाँ राजनीतिमा फर्कनुभएको हो ।

नागरिक उन्मुक्ति पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित हुनुभएको छ । सहमहासचिव, सचिव र सहसचिवमा पनि निर्विरोध भएका छन् । अब उपाध्यक्ष र महासचिवमा मतदान हुने छ । सात वटा उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ भने महासचिवमा तीन जनाले उम्मेदवारी दिएका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया