राष्ट्रिय सभा सदस्य चुनावका लागि चिह्न प्रदान

 पुस २८, २०८० शनिबार १४:४८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आउँदो माघ ११ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ ।

निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको चुनाव चिह्न प्रदान गरेको हो । सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको चुनाव चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बाग्मतीमा १५, गण्डकीमा आठ र लुम्बिनी, कर्णली र सूदुरपश्चिम प्रदेशमा छ/छ जना गरी आठ राजनीतिक दलका ५१ जना उम्मेदवारले मनोनयन दर्ता गराउनु भएको छ । 

सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार हुनुहुन्छ । यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया