माघ महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाए

 पुस २९, २०८० आइतबार १५:४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – भोलिदेखि शुरु हुने माघ महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् ।

नेपाल बैंकर्स सङ्घका अनुसार पुसको तुलनामा अधिकतम शून्य दशमलव २ प्रतिशतदेखि अधिकतम १ दशमलव ७५२ प्रतिशत विन्दुसम्मले निक्षेपको ब्याजदर घटेको छ । निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि स्वतः घट्नेछ ।

एभरेस्ट बैंक र एनएमबी बैंकले माघमा ब्याजदर हेरेफेर गरेका छैनन् । एनएमबी बैंकको ब्याजदर ९ प्रतिशत र एभरेस्ट बैंकको ८ प्रतिशत नै छ । कृषि विकास बैंकले सबैभन्दा धेरै १ दशमलव ७५२ प्रतिशत विन्दुले घटाएर निक्षेपमा ७ दशमलव २६ प्रतिशत ब्याज दिने भएको छ ।

यस्तै माछापुच्छ्रे, लक्ष्मी सनराइज र नेपाल बैंकले ब्याजदर ८ प्रतिशतमा झारेका छन् । यसैगरी प्रभु र एनआईसी एसिया बैंकले ८ दशमलव ०६५ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ०७ प्रतिशत, सिद्धार्थ, प्राइम कमर्सियल, ग्लोबल आईएमई र नबिल बैंकले ८ दशमलव १ प्रतिशत ब्याजदर तोकेका छन् ।

कुमारी बैंकले ८ दशमलव ११ प्रतिशत, सानिमा र हिमालयन बैंकले ८ दशमलव १५ प्रतिशत, नेपाल एसबीआई बैंकले ८ दशमलव २५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ८ दशमलव ६ प्रतिशत र सिटिजन्स बैंकले ९ दशमलव १५ प्रतिशत ब्याजदर तोकेका छन् ।

कर्जाको मागमा कमी आएपछि बैंकहरूले ब्याजदर घटाएका हुन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया