न्युजिल्यान्डले पाकिस्तानलाई २१ रनले हरायाे

 पुस २९, २०८० आइतबार १६:२१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तानसँगकाे दाेस्राे टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएकाे छ । आज भएकाे खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई २१ रनले हरायाे ।

न्युजिल्यान्डले दिएकाे १ सय ९५ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तान १९ ओभर ३ बलमा १ सय ७३ रनमा अल आउट भयाे । पाकिस्तानका बाबर आजमले सर्वाधिक ६६ रन बनाए । यस्तै फखर जमानले ५० रन जाेडे । न्युजिल्यान्डका एडम मिल्नेले ४ विकेट लिए ।

यसअघि हेमिल्टनमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९४ रन बनायाे । न्युजिल्यान्डका फिन एलेनले ७४ रन बनाए । पाकिस्तानका हरिस राैफले ३ विकेट लिए ।

याे जितसँगै न्युजिल्यान्डले ५ खेलकाे शृङ्खलामा २–० काे अग्रता लिएकाे छ । पहिलाे खेलमा न्युजिल्यान्ड ४६ रनले विजयी भएकाे थियाे । तेस्राे खेल आउँदाे बुधवार हुनेछ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया