सरकारकाे आम्दानीभन्दा खर्च धेरै, विकास बजेट खर्च जम्मा १६ प्रतिशत मात्रै

 माघ १, २०८० सोमबार १५:१२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको छ महिनामा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । साउनदेखि पुस मसान्तसम्ममा ४८ अर्ब ४६ करोड ५७ लाख रुपैयाँको बजेट घाटा रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको हो ।

यो वर्ष १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले हिजो पुस मसान्तसम्ममा पाँच खर्ब १८ अर्ब १५ करोड रुपैयाँ मात्रै उठाएको छ । यो वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत मात्रै हो ।

यस्तै यो वर्ष ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखिएकाेमा छ महिनामा जम्मा दुई अर्ब ७५ करोड ८० लाख रुपैयाँ मात्रै वैदेशिक अनुदान आएको  छ । यसको अर्थ दाताले सरकारलाई पत्याएका छैनन् ।

यसैबीच चालु आर्थिक वर्षको छ महिनामा जम्मा १६ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । यो वर्षमा कुल तीन खर्ब दुई अर्ब सात करोड रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य रहेकोमा हिजोसम्ममा जम्मा ४९ अर्ब २३ करोड ५८ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो कुल लक्ष्यको जम्मा १६ दशमलव तीन प्रतिशत मात्रै हो । छ महिनामा जम्मा १६ प्रतिशत मात्रै विकास बजेट खर्च हुनुले नै देशको विकास निर्माणको अवस्था बताउँछ । आम्दानीभन्दा खर्च धेरै भएपछि सरकारले ऋण लिएर काम चलाइरहेको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया