महासागर र वायुमण्डलबारे अध्ययन गर्न नासाको नयाँ जलवायु कार्यक्रम शुरु

 माघ २६, २०८० शुक्रबार ६:५२:० | एजेन्सी
unn.prixa.net

नासाले महासागरको जलस्वास्थ्य, वायुको गुणस्तर र मानवताको अनुकूलनताका लागि बदलिँदो मौसमका प्रभावहरू अध्ययन गर्न नयाँ उपग्रह प्रक्षेपण गरेको छ । पेस नाम दिइएको उपग्रह एउटा रकेटमा अमेरिकाको फ्लोरिडामा रहेको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट हिजो प्रक्षेपण गरिएको हो ।

प्रक्षेपण भएको पाँच मिनेटपछि यो उपग्रहबाट सूचना प्राप्त गर्न शुरु गरेको नासाले बताएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । नासाका अनुसार पेस मिसनले साना, प्रायः अदृश्य चीजहरू जस्तै पानीमा शूक्ष्म जीवन र पृथ्वीको सयौँ माइल माथिबाट हावामा शूक्ष्म कणहरूको प्रभावको बारेमा अध्ययन गर्नेछ ।

यस कार्यक्रमबाट स्याटेलाइटको हाइपरस्पेक्ट्रल ओशन कलर इन्स्ट्रुमेन्टले अन्वेषकहरूलाई पराबैंजनी देखिने र नजिकको इन्फ्रारेड प्रकाशको स्पेक्ट्रममा महासागरहरू र अन्य जल गतिविधिको मापन गर्न सहज हुने खबरमा उल्लेख छ ।  

यसमार्फत वैज्ञानिकहरू र तटीय स्रोत प्रबन्धकहरूले मत्स्यपालनका लागि पानीको  स्वास्थ्य पूर्वानुमान गर्न, हानिकारक लेउहरु निकाल्न र समुद्री वातावरणमा देखिने परिवर्तनहरू पहिचान गर्न डेटा प्रयोग गर्न सक्ने पनि बताइएको छ । स्थानीय, क्षेत्रीय र विश्वव्यापीरूपमा विकसित वायुको गुणस्तर मापन गर्न पनि पेस  प्रविधिले सजिलो बनाउने  नासाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया