१५ अङ्कले बढेर नेप्सेले २१ सय विन्दु नाघ्यो, साढे तीन अर्ब रुपैयाँको कारोबार

 माघ २९, २०८० सोमबार १५:३१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हिजो घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ३३ अङ्कले बढेर २ हजार एक सय १ दशमलव १६ विन्दुमा पुगेको छ । आज अन्य बाहेक अरु सबै समूहको शेयर उकालो लागेको छ ।

बोटलर्स नेपाल, समाज लघुवित्त, खुटेली बुखारी हाइड्रोपावर कम्पनी, चिरख्वा हाइड्रो र बलेफी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै एनआईसी एसिया ग्रोथ फण्ड–२ को शेयर झण्डै नौ प्रतिशतले घटेको छ ।

आज एक करोड एक लाख आठ हजार कित्ता शेयर तीन अर्ब ५८ करोड ६९ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको २३ करोड दुई लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया