तेस्राे टेस्टमा भारतले इङ्ल्यान्डलाई ४ सय ३४ रनले हरायाे

 फागुन ६, २०८० आइतबार १८:२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

इङ्ल्यान्डसँगकाे तेस्राे टेस्ट क्रिकेटमा भारत ४ सय ३४ रनकाे फराकिलाे  अन्तरले विजयी भएकाे छ । टेस्ट क्रिकेटमा रनकाे आधारमा भारतकाे याे सबैभन्दा ठूलाे जित हाे ।

भारतले दिएकाे ५ सय ५७ रनकाे लक्ष्य पछ्याएकाे इङ्ल्यान्ड चाैथाे दिनकाे चिया समयपछि १ सय २२ रनमा समेटियाे । इङ्ल्यान्डका मार्क वूडले सर्वाधिक ३३ रन बनाए । भारतका रविन्द्र जडेजाले ५ विकेट लिए । 
भारतले ४ विकेट गुमाएर ४ सय ३० रन बनाएकाे अवस्थामा दाेस्राे इनिङ्स सकिएकाे घाेषणा गरेकाे थियाे । दाेस्राे इनिङ्समा भारतका यशस्वी जयसवालले दाेहाेराे शतक बनाए । यस्तै शुभमन गिलले ९१, सरफराज खानले नट आउट ६८ रन बनाए । इङ्ल्यान्डका जाेए रुट, टम हार्टली र रेहान अहमदले समान १ विकेट लिए । 

पहिलाे इनिङ्समा भारतले कप्तान राेहित शर्मा र रविन्द्र जडेजाकाे शतककाे मद्दतमा ४ सय ४५ रन बनाएकाे थियाे । इङ्ल्यान्डका मार्क वूडले ४ विकेट लिए । पहिलाे इनिङ्समा इङ्ल्यान्डले बेन डकेटकाे शतककाे मद्दतमा ३ सय १९ रन बनाएकाे थियाे । भारतका माेहम्मद सिराजले ४ विकेट लिए ।

याे जितसँगै भारतले ५ खेलकाे शृङ्खलामा २–१ काे अग्रता बनाएकाे छ । चाैथाे खेल फेब्रुअरी २३ देखि राँचीमा शुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया