प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडसँग लुटन टाउन पराजित, ब्राइटनले सेफिल्ड युनाइटेडलाई हरायाे

 फागुन ७, २०८० सोमबार ६:५६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र ब्राइटनले जितेका छन् । हिजो भएको खेलमा सेफिल्ड युनाइटेडलाई ५–० गोलले हराउँदै ब्राइटन विजयी भएको हो ।

ब्राइटनका लागि साइमन अढिन्ङ्ग्राले दुई गोल गरे भने फाकुन्डो बउनानोट्टे, ड्यानी वेलबेक र ज्याक रोविन्सनले एक/एक गोल गरे । सेफिल्डका म्यासोन होलगेटले खेलको १३औँ मिनेटमा रातो कार्ड पाएका थिए । ब्राइटन २५ खेलमा ३८ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । सेफिल्ड २५ खेलमा १३ अङ्कसहित तालिकाको पुछारमा छ ।

यस्तै, हिजै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई  २–१ गोलले हराएको छ । म्यानचेस्टर युनाइटेडका यार्समस होजलण्डले खेल शुरु भएको एक मिनेटमै गोल गएका थिए ।

यस्तै, उनैले अर्को गोल खेलको सातौँ मिनेटमा गरेका थिए । लुटन टाउनका लागि कार्लटन मोरिसले खेलको १४औँ मिनेटमा एक खोल मात्र फर्काउन सके । म्यानचेस्टर युनाइटेड २५ खेलमा ४४ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । २४ खेल खेलेको लुटन २० अङ्ककासाथ तालिकाको १७औँ स्थानमा छ। 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया