सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल बर्खास्त

 फागुन ७, २०८० सोमबार ७:१९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद्को हिजोको बैठकले पौडेलले अमेरिकाको स्थायी आवासीय अनुमति लिएको देखिएको उल्लेख गर्दै पदबाट हटाउने निर्णय गरेको हो ।

भ्रष्टाचार मुद्दा लागेपछि पौडेल निलम्बित अवस्थामा थिए । पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि हिरासतमा लिएको छ ।

सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले पौडेलविरुद्ध मुद्दा चलाइसकेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया