पशुपतिमा भजनशिराेमणि आचार्यकाे अन्त्येष्टि

 फागुन १५, २०८० मंगलबार १८:२३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरकाे अन्त्येष्टि गरिएकाे छ । आज पशुपति आर्यघाटमा आचार्यकाे पार्थिव शरीरकाे अन्त्येष्टि गरिएकाे हाे ।

आचार्यकाे पार्थिव शरीरमा उहाँका छाेराहरू सत्यराज र स्वरूपराजले दागबत्ती दिए । अन्तिम संस्कारअघि आर्यघाटमा पुगेका सङ्गीतकर्मीहरूले आचार्यको सम्मानमा उहाँकाे गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाएका थिए ।

यसअघि आचार्यकाे पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएकाे थियाे । प्रतिष्ठानमा बिहान ११ बजेदेखि नेतादेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरूले आचार्यप्रति श्रद्धाञ्जली दिएका थिए ।

भजनशिरोमणि उपाधि पाउनुभएका भक्तराज आचार्यको हिजो ८२ वर्षको उमेरमा निधन भएको थियो । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै हुनुहुन्छ । विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यले चार सय वटाभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया