बैङ्कर पक्राउ परेकोमा बैङ्किङ क्षेत्रको आपत्ति

 फागुन १७, २०८० बिहिबार ७:९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैङ्कका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेकोमा बैङ्कर्स सङ्घहरुले आपत्ति जनाएका छन् । बैङ्किङ क्षेत्रमा धरपकड एवम् पक्राउले यो क्षेत्र नै चिन्तित र आतङ्कित बनेको उनीहरुको भनाइ छ ।

नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैङ्कर्स सङ्घले संयुक्त रूपमा विज्ञप्ति निकालेर पहिला सुन अनि थुन को नीति नलिइ राज्यले पहिला थुन अनि सुन को नीति लिएको भन्दै असन्तुष्टि जनाएका छन् । 

यसबाट यस क्षेत्रका कर्मचारीहरुको मनोबल समेत खस्कन गएका हुँदा राज्यका सम्बन्धित निकायहरु यस विषयमा गम्भीर भइदिन सङ्घहरुले आग्रह गरेका छन् । बैङ्कहरूले प्रचलित कानून, नियमनकारी निकायबाट जारी निर्देशनहरू र बैङ्किङ क्षेत्रको मान्य सिद्धान्तहरूको अधिनमा रहेर काम गरिरहेको पनि बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया