काठमाण्डौ महानगरमा सम्पदा र मठमन्दिरको चिनारी क्यूआर कोडबाट

 फागुन १८, २०८० शुक्रबार १०:३४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ महानगरले सबै वडाको सम्पदा र मठमन्दिरको इतिहास र चिनारीका लागि क्युआर कोड राख्न शुरु गरेको छ । महानगरले सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वका ठाउँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले यसबारे सजिलै जानकारी पाउन सकुन् भनेर प्रविधिको प्रयोग थालेको जनाएको छ ।

काठमाण्डौ महानगरपालिका–१ मा रहेका नन्दीकेशर मन्दिर, शङ्करकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारीसम्बन्धी जानकारी दिने क्यूआर कोड राखिसकिएको छ । वडाध्यक्ष भरतलाल श्रेष्ठले क्यूआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास,यससँग सम्बन्ध जोडिएका जात्रा, पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषयमा आवश्यक सबै जानकारी आउने बताउनुभयो ।

यस क्षेत्रमा रहेका अरु विभिन्न सम्पदाको प्रवर्धनका निम्ति क्यूआर कोडमार्फत काम थालिएको महानगरले जनाएको छ । महानगरका अनुसार क्यूआर कोडमा नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चिनियाँ, कोरियन, स्पेनिस, जापानी, अरेबिक गरी ११ भाषामा सम्पदाको बारेमा अडियो सुन्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया