कडा सुरक्षाकाबीच रुसी विपक्षी नेता नाभाल्नीको अन्तिम संस्कार

 फागुन १९, २०८० शनिबार ६:४४:३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – दुई हप्ताअघि जेलमा निधन भएका रुसी प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नीको राजधानी मस्को बाहिर अन्तिम संस्कार गरिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिकाबीच उहाँलाई श्रद्धाञ्जली व्यक्त गर्न हजारौँ मानिस सडकमा निस्केका थिए । 

कतिपयले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध आलोचनात्मक नाराबाजी गरेका बीबीसीले जनाएको छ । उहाँको शवलाई बोरिसअफ्स्कया चिहानस्थलमा गाडिएको थियो । नाभाल्नीको शव चिहानमा गाड्ने बेला चिहानस्थलभित्र उहाँकी आमा पुग्नुभएको थियो । 

रुसी अधिकारीहरूले शुरुमा उहाँको शव आमालाई दिन अस्वीकार समेत गरेका थिए । नाभाल्नीका समर्थक र केही पश्चिमा नेताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नियोजितरुपमा हत्या गराएको आरोप लगाइरहेका छन् तर यी आरोपको मस्कोले खण्डन गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया