अफगानिस्तानमा हिमपातका कारण १५ जनाको ज्यान गयो

 फागुन १९, २०८० शनिबार १५:१८:३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अफगानिस्तानका विभिन्न प्रान्तमा बितेको तीन दिनयता परेको हिमपातका कारण १५ जनाको ज्यान गएको छ । हिमपातका कारण ३० जना घाइते भएका एएनआईले जनाएको छ । भर्खरैको हिमपातका कारण झन्डै १० हजार पुशचौपाया मरेका खबरमा उल्लेख छ ।

हिमपातका कारण धेरै सडकहरू बन्द भएका र पशुचौपाया भोकभोकै रहेकाले स्थानीयवासीले तत्काल सरकारी सहयोगका लागि आग्रह गरेका छन् । यसैबीच अफगानिस्तानले प्राकृतिक विपत्तिका कारण विशेषगरी पशुधनीहरूलाई भएको क्षतिलाई सम्बोधन गर्न विभिन्न मन्त्रालयहरू सम्मिलित एक समिति गठन गर्ने घोषणा गरेको छ ।

कृषि, सिँचाइ तथा पशुपक्षी मन्त्रालयका लागि तालिबान प्रशासनका प्रवक्ता मिसबाहुद्दीन मुस्तैनले सबै प्रान्तमा गठन भएका समितिहरूले उद्धारका द्रूत प्रतिक्रियाबारे छलफल गरिरहेको बताउनुभयो । बन्द सडक खुलाउन, प्रभावित समुदायलाई खाद्यान्न वितरण गर्न र बाक्लो हिमपातका कारण अलपत्र परेकाहरूलाई उद्धार गर्न यी समितिहरू लागिपरेका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया