हैटीको जेलमा सशस्त्र समूहको आक्रमण, १२ जनाको ज्यान गयो

 फागुन २१, २०८० सोमबार १५:२३:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – हैटीमा सशस्त्र समूहले जेलमा आक्रमण गरी झण्डै ४ हजार जना कैदीलाई भगाएको छ । घटनामा १२ जनाको ज्यान गएको र झण्डै चार हजार जना कैदीहरु भागेको हैटी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जेलबाट भाग्नेहरुमा सन् २०२१ म तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको अभियोगमा दोषी ठहर भइ सजाय काटिरहेकाहरु पनि रहेको बीबीसीको खबरमा उल्लेख छ ।

सशस्त्र समूहका नेताले हैटीका प्रधानमन्त्री एरिअल हेनरीलाई सत्ताच्युत गर्न आक्रमण गरेको बताएका छन् । सशस्त्र समूहले देशको राजधानीको ८० प्रतिशत भूभाग कब्जा गरेको दाबी गरेको छ।

पहिले भएको एउटा राजनीतिक सहमति अनुसार प्रधानमन्त्री हेनरीले फेब्रुअरी ७ सम्म पद छोड्नुपर्ने तथा चुनाव गर्नुपर्ने उल्लेख थियो । सहमति पालना नभएपछि विद्रोहको घटना बढेको बताइन्छ । सन् २०२० देखि गृहयुद्ध हुँदै आएको हैटीमा हजारौँले ज्यान गुमाइसकेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया