पीएसजी र बार्यन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

 फागुन २३, २०८० बुधबार ९:२८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र बार्यन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । पीएसजीले रियल सोसिडाडलाई अन्तिम १६ को दोस्रो लेगमा २–१ गोलले हरायो । पीएजीका लागि दुवै गोल केलियन एम्बाप्पेले गरे । रियल सोसिडाडका मिकेल मेरिनोले एक गोल फर्काए । पीएसजी समग्रमा ४–१ गोलको अग्रतासहित अन्तिम ८ मा पुगेको हो ।

अर्को खेलमा ह्यारी केनले दुई गोल गरेपछि बायर्न म्युनिख लाजियोलाई हराउँदै लिगको क्वाटरफाइनल पुगेको छ । बार्यनले दोस्रो लेगमा लाजियोलाई ३–० गोलले हरायो । उसका थोमस मुलरले एक गोल गरे । पहिलो लेगमा लाजियो एक गोलले विजयी भएको थियो । तर समग्रमा ३–१ को अग्रतासहित बायर्न अन्तिम ८ मा पुगेको हो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया