काठमाण्डौ महानगरमा निःशुल्क उपचार कार्यक्रम मार्फत् ११ जनाले लिए सेवा

 फागुन २३, २०८० बुधबार ९:३८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरमा लक्षित वर्गको निःशुल्क उपचारका क्रममा अहिलेसम्ममा ११ जनाले सेवा लिएका छन् । उनीहरुमध्ये ५ जना उपचारपछि घर फर्किसकेका महानगरले जनाएको छ।

निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० बमोजिम फागुन १ गतेदेखि सेवा दिन काठमाण्डाै महानगरपालिकाले अस्पतालहरुलाई पत्र पठाएको थियो । सेवालाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको थियो । निःशुल्क उपचारका लागि अनलाइन प्रणालीमा बिरामीको नाम दर्ता गराउने पहिलो अस्पताल काठमाण्डौ मोडेल अस्पताल हो ।

यस कार्यक्रम अन्तर्गत सेवाग्राहीलाई मोडेल अस्पतालसहित पिपुल्स कलेज एण्ड डेन्टल हस्पिटल, नेशनल किड्नी सेन्टर, ब्लु क्रस हस्पिटल र मेट्रो काठमाण्डाै हस्पिटलले सेवा दिएका छन् । मेट्रो हस्पिटलबाट एकजना बेवारिसे बिरामीलाई शिक्षण अस्पताल महाराजगञ्ज रिफर गरिएको छ ।

प्रणालीमा ५२ वटा अस्पताल आबद्ध भएका छन् । यसमा ३ सय ७४ शय्या निःशुल्क उपचारका लागि उपलब्ध छन् । निःशुल्क उपचार सेवा लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) का लागि हो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया