चिनी उत्पादनको अति व्यस्त हुने महिना फागुनमै उखु अभाव

 फागुन २३, २०८० बुधबार १५:१९:० | रासस
unn.prixa.net

फाइल फाेटाे

महाेत्तरी – फागुन महिना चिनी उत्पादनको अति व्यस्त हुने महिना हो । तर यही बेला उखुको अभाव भएको छ । पर्याप्त उखु नहुँदा दिन बिराएर मिल सञ्चालन गर्नुपरेको महोत्तरीको एभरेस्ट चिनी उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताउनुभयो । आफ्नो उद्योगले दैनिक ४० हजार क्विन्टल उखु पेल्ने क्षमता भए पनि २५ हजार क्विन्टल उखु आइपुग्न पनि हम्मेहम्मे रहेको उहाँले बताउनुभयो ।

यस्तै नवलपरासीको लुम्बिनी चिनी उद्योगमा पनि उखु अभाव हुँदा क्षमताअनुसार सञ्चालन गर्न नसकेको उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले बताउनुभयो । अहिले सबैजसो चिनी मिलमा उखुको अभाव छ ।

२०४९ सालदेखि उखु खेती गर्दै आएका रौतहटको वृन्दावन नगरपालिका–७ का किसान जयराम साह उखुको चलानमा ढिलासुस्ती, समयमा भुक्तानी नदिने, मलको अभावलगायत समस्या झेल्न थालेपछि खेती परिवर्तन गरेको बताउनुहुन्छ ।

रौतहटमा १० वर्ष अघिसम्म १८ हजार किसानले उखु खेती गर्ने गरेकामा अहिले पाँच हजार जनाभन्दा पनि कम किसानले उखु खेती गरिरहेका उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष अशोक यादवले जानकारी दिनुभयो । ३० लाख क्विन्टलसम्म उखु उत्पादन हुने रौतहटमा अहिले सात/आठ लाख क्विन्टल मात्र रहेको उहाँले बताउनुभयो ।

उखु किसानलाई सरकारले हेर्ने दृष्टिकोण र चिनी उद्योग मालिकहरूले गर्ने ठगी दुवै कारणले किसानहरू मर्कामा परेकf र उखुको लगानी उठ्ने अवस्था नहुँदा किसानहरू पलायन हुन थालेका नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनाली बताउनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया