विपद् व्यवस्थापनसम्बन्धी सिकाइका लागि भियतनामको टोली बाँकेको राप्ती सोनारीमा

 फागुन २३, २०८० बुधबार १८:३६:४२ | रासस
unn.prixa.net

काठमाण्डौ – विपद् व्यवस्थापनसम्बन्धी सिकाइका लागि भियतनाम सरकारको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको टोली बाँकेको राप्ती सोनारी गाउँपालिकामा आइपुगेको छ ।

गाउँपालिकाले गर्दै आएको विपद् व्यवस्थापनको अवलोकन र सिकाइ आदानप्रदानका लागि भियतनामको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रबन्धक निर्देशक एनजीजेन भान तिइन नेतृत्वको टोली राप्ती सोनारीमा आइपुगेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो । 

भियतनाम सरकारको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको टोलीले गाउँपालिकामा रहेको स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र, बाढी मापन केन्द्र कुसुम, साइरन प्रणाली, कुसुममा निर्माण गरिएको बाढी प्रतिरोधात्मक घरको प्रत्यक्ष अवलोकन गरी विपद् व्यवस्थापनको क्षेत्रमा भइरहेको कामका बारेमा जानकारी आदानप्रदान गरेको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो । 

बाँकेको राप्ती सोनारी गाउँपालिका राप्ती नदीमा आउने बाढीजन्य विपद्बाट बढी प्रभावित रहेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका हुँदै बग्ने राप्ती नदीको बाढीबाट बच्न वडा नम्बर १ कुसुममा बाढी मापन केन्द्र सञ्चालनमा रहेको छ । नदीमा ठूलो बाढी आउनासाथ राप्ती नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई जोगाउन साइरन बजाउने गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया