स्थानीयको विरोधका कारण नागढुङ्गा सुरुङ छिचोल्ने काम रोकियो

 फागुन २४, २०८० बिहिबार १५:४७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – धादिङको सिस्नेखोलादेखि काठमाडौं सतुङ्गल जोड्ने निर्माणाधीन नागढुङ्गा सुरूङ छिचोलिने मिति धकेलिएको छ । यसअघि आयोजनाले हिजो मुख्य सुरूङ छिचोल्ने मिति तोकेको थियो । स्थानीयको अवरोधका कारण सबै काम ठप्प हुँदा हिजो सुरूङ छिचोल्न नसकिएको आयोजनाका उपनिर्देशक गोविन्द डुमरूले बताउनुभयो । 

उहाँका अनुसार आयोजनाले सुरूङमार्ग माथिका घरहरू अधिग्रहण गर्ने र मुआब्जा दिने योजना बनाएको छैन । सुरूङ खन्ने क्रममा केही ठाउँमा भासिएको र आफ्नो घरजग्गामा बस्न योग्य नभएको भन्दै स्थानीयले सुरूङमार्ग माथिका घरहरूको पनि मुआब्जा माग गरिरहेका छन् ।

त्यस्तै उनीहरूले सुरूङमार्ग प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने माग राखेका कारण  फागुन ६ गतेदेखि आयोजनाको सबै काम ठप्प रहेको छ । आयोजनाका कारण खानेपानीका स्रोत सुकेकाले अब आयोजनाले सधैँका लागि खानेपानीको स्रोत व्यवस्था गरिदिनुपर्ने माग स्थानीयको माग छ ।

उपनिर्देशक डुमरूका अनुसार अब आयोजनाको मुख्य सुरूङ १४ मिटर खन्न बाँकी छ । १४ मिटर खनेपछि सुरूङ छिचोलिन्छ । तर स्थानीयको अवरोधका कारण काम कहिलेसम्म सकिन्छ भन्ने यकिन छैन । यो आयोजनामा एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुइटा सुरूङ रहन्छन् । रेस्क्यु सुरूङको छिचोलिइसकेको छ । आयोजनाको मुख्य सुरूङमा गाडी गुड्ने सडक साढे ९ मिटर चौडा हुन्छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया