कालीगण्डकी करिडाेरकाे बाग्लुङ–गुल्मी सडक सञ्चालनमा

 फागुन २८, २०८० सोमबार १६:१३:३ | रासस
unn.prixa.net

बाग्लुङ – सुक्खा पहिरो खसेर अस्ति शनिवार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बाग्लुङ–गुल्मी सडक खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्शनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो ।

कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार बाग्लुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भीरमा पहिरो खसेको थियो । सडक सञ्चालन भएसँगै लामो तथा छोटो दूरीका गाडी सञ्चालनमा आएका छन् ।

यसअघि फागुन ११ गते राति खसेको सुक्खा पहिरोका कारण करिडोर एक हप्ता बन्द भएको थियो । बाग्लुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ५४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया