राशिद खान झन्डै ४ महिनापछि टाेलीमा फर्किए, आयरल्यान्डसँगकाे टी–२० शृङ्खलामा कप्तानी गर्ने

 चैत १, २०८० बिहिबार १५:१९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – आयरल्यान्डसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि अफगानिस्तानको टोली घोषणा भएको छ ।

अफगानिस्तानका स्टार स्पिनर राशिद खान झन्डै चार महिनापछि टोलीमा फर्किएका छन् । राशिदले पछिल्लो पटक सन् २०२३ मा भारतमा भएको आईसीसी एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत दक्षिण अफ्रिकासँग खेलेका थिए । एकदिवसीय विश्वकपकै क्रममा उनी घाइते भएका थिए ।

यो प्रतियोगितापछि उनले प्रतिस्पर्धात्मक खेल खेलेका छैनन् । उनले भारतसँगको तीन खेलको टी–२० शृङ्खलाका लागि टोलीसँगै यात्रा गरे पनि उनी खेल्नका लागि फिट थिएनन् ।

राशिदले आयरल्यान्डसँगको शृङ्खलामा टोलीको कप्तानी गर्नेछन् । यस्तै अर्का स्पिनर मुजिब उर रहमान पनि टोलीमा फर्किएका छन् । अफगानिस्तान र आयरल्यान्डबीचको टी–२० क्रिकेट शृङ्खला भोलिदेखि शुरु हुँदैछ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया