शेयर बजार दोहोरो अङ्कले घट्यो, ३ अर्ब ९४ करोड रुपैयाँको कारोबार

 चैत १, २०८० बिहिबार १५:३३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ — शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८४ अङ्कले घटेर दुई हजार ८० दशमलव ८७ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा समूह, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, विकास बैंक, होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दोहोरो अङ्कले बजार ओरालो लागेको दिन स्वाभिमान लघुवित्त कम्पनीको शेयर छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन वीन नेपाल लघुवित्त र मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज एक करोड १४ लाख कित्ता शेयर तीन अर्ब ९४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ५० करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया