जीप दुर्घटना अपडेट : ८ जनाकाे ज्यान गयाे, सबैको परिचय खुल्याे

 चैत १, २०८० बिहिबार १६:५४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – धरानबाट भोजपुरकाे घोरेटारतर्फ जाँदै गरेको जीप उदयपुरकाे मैनामैनीमा दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या आठ जना पुगेको छ । सात जनाकाे घटनास्थलमै र थप एक जनाको उपचारका क्रममा धरानकाे बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएकाे प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका सबै जनाकाे परिचय खुलेकाे छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ज्यान गुमाउनेमा सुनसरीकाे इटहरी–९ का जीप चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी–२ की ७० वर्षीया पर्वतमाया राई, त्यही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२ वर्षीय किशन राई रहेका छन् । किशन राईको उपचारका क्रममा ज्यान गएकाे हो ।

दुर्घटनामा घाइते भएका नाै जनाकाे बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ । इलाका प्रहरी कार्यालय घोरेटारबाट सात र हसनपुरबाट पाँच गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाएको उदयपुर प्रहरीले जनाएकाे छ ।

आज दिउँसाे धरानबाट भोजपुरकाे घोरेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको जीप उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको थियो । जीपमा क्षमताभन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया