सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि पनि छानबिन गर्न कांग्रेसको माग

 चैत ५, २०८० सोमबार १५:१२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्नुपर्ने बताउनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभए पनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानुनीरूपमा लिएको भन्दै यस प्रकरणमा छानबिन हुनुपर्ने बताउनुभएको हो । उहाँले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुसन्धान नगर्ने हो भने अरू धेरै सहकारीलाई पनि छोड्नुपर्ने अवस्था आउने भएकाले सबैलाई छानबिन गर्नुपर्ने बताउनुभयो ।

पोखराको सूर्यदर्शन सहकारी झण्डै १९ हजार जनाकाे एक अर्ब ३५ करोड रुपैयाँभन्दा बढी पैसा अपचलनमा परेको पोखरा महानगरपालिकाको अध्ययनले देखाएको छ ।

यसैबीच नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सहकारीको रकम अपचलन भएको विषयमा अनुसन्धान गर्न अधिकार सम्पन्न आयोग बनाउन माग गर्नुभएको छ । संसद् बैठकमा बोल्दै उहाँले सहकारी आन्दोलनको संरक्षण गर्नुपर्ने बताउनुभयो । सहकारीका ऋणीकाे पनि अध्ययन गर्नुपर्ने उहाँको प्रस्ताव छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया