मन्त्री दीपक मनाङेद्वारा शपथ ग्रहण

 चैत ५, २०८० सोमबार १८:३०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ अर्थात् दीप मनाङेले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ । गुरुङलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराउनुभयाे ।

आजै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसद राजीव गुरुङलाई भौतिक पूर्वाधार मन्त्री बनाउनुभएको थियाे । मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख भट्टले गुरुङलाई मन्त्री नियुक्त गर्नुभएको हो ।उहाँले हिजो मात्रै नेकपा (एकीकृत समाजवादी) छोडेको घोषणा गर्दै आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेश सभा सचिवालयमा निवेदन दिनुभएको थियो ।

गुरुङ २०७९ सालको चुनावमा मनाङ ‘ख’ बाट स्वतन्त्ररूपमा निर्वाचित भएपछि एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो । केन्द्रको गठबन्धनले गण्डकीमा बहुमत जुटाउन नसक्ने र मध्यावधितिर जाने भएपछि आफूले पार्टी त्यागेको गुरुङको भनाइ छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन् । राप्रपाले गठबन्धनमा नजाने बताएकाले गुरुङ मन्त्री बनेपछि मुख्यमन्त्री पाण्डेलाई सरकार जाेगाउन सजिलो भएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया