बलात्कारको मुद्दामा ब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई ९ वर्षको जेल सजाय

 चैत ८, २०८० बिहिबार १५:१९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ब्राजिलको राष्ट्रिय टोलीका पूर्वखेलाडी रोबिन्होलाई बलात्कारको मुद्दा अदालतले नौ वर्षको जेल सजाय सुनाएको छ । म्यान्चेस्टर सिटी र रियल म्याड्रिडका पूर्व फरवार्डसमेत रहेका रोबिन्होलाई इटालीको एक अदालतको फैसलाअनुसार ब्राजिलमा पनि नौ वर्षको सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

४० वर्षीय रोबिन्होलाई इटालीकाे अदालतले सन् २०१७ मा २२ वर्षीया अल्बानियाली महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा दोषी ठहर गरेको थियो । ब्राजिलले आफ्ना नागरिकलाई सुपुर्दगी नगर्ने भएकाले उनले ब्राजिलमै नाै वर्षको जेल सजाय भोग्नेछन् । इटालीको अनुरोधपछि ब्राजिलका न्यायाधीशहरूले हिजो ब्राजिलमा सजाय भोग्नुपर्ने फैसला गरेका खबरमा उल्लेख छ । फैसलाको विरुद्धमा राेबिन्हाेले पुनरावेदन दिन सक्नेछन् ।

ब्राजिलका पूर्व राष्ट्रिय खेलाडी रोबिन्होले देशका लागि एक सय वटा खेल खेलेका छन् । अपराधको समयमा उनले इटलीको एसी मिलान क्लबबाट खेलिरहेका थिए । रोबिन्होले पीडित भनिएकी महिलासँग यौन सम्पर्कका लागि सहमति भएको तर उनले पछि आफूलाई फसाएको प्रतिक्रिया दिएका छन् ।

रोबिन्होले म्यानचेस्टर सिटी र रियल म्याड्रिडबाट पनि खेलेका थिए । मड्रिडमा उनले चार सिजन खेलेकोमा दुई पटक ला लिगा उपाधि जितेका थिए ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया