रुसमा आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या १ सय १५ जना पुग्यो

 चैत १०, २०८० शनिबार १७:५७:४७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसमा आतंकवादी हमलामा ज्यान गुमाउनेको संख्या १ सय १५ जना पुगेको छ । मस्कोको क्रोकस सिटी हलमा गएराति भएको आक्रमणमा कम्तिमा १ सय १५ जनाको ज्यान गएको र ९० जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । गएराति एउटा कार्यक्रम भइरहेको हलभित्र पसेर आक्रमणकारीले अन्धाधुन्ध गोली बर्साएका थिए ।

त्यसपछि हलमा आगो लागेको थियो । यो घटनाको जिम्मेवारी आतंकवादी सङ्गठन, इस्लामिक स्टेट्स (आईएस)ले लिएको छ । रुसको गुप्तचर निकायले अहिलेसम्म १८ जना पक्राउ परेका र ४ जना घटनामा प्रत्यक्ष संलग्न रहेको दाबी गरेको छ । आज रुसभरी हुने सबै सार्वजनिक कार्यक्रम स्थगित भएका छन् । अमेरिकाले यसअघि नै रुसलाई आक्रमण हुन सक्ने चेतावनी दिए पनि रुसले बेवास्ता गरेकाले ठूलो आतंककारी हमला भएको जनाएको छ ।

यसैबीच, नेपाल सरकारले आतंकवादी हमलाको निन्दा गर्दै मृतकमा श्रद्धाञ्जली व्यक्त गरेको छ । यो दुःखमा नेपाल सरकार रुसी सरकार र नागरिकसँगै रहेको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, चिनियाँ राष्ट्रपति सि जिनपिङ, फ्रान्सका राष्ट्रपति इमानुुएल म्याँक्रो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समवेदना सन्देश पठाउनुभएको छ ।

सन्देशमा आक्रमणको निन्दा गर्दैै ज्यान गुमाएकालाई श्रद्धाञ्जली व्यक्त गरिएको छ । तीनै जनाले आतंकवाद विश्वकै साझा चुनौतीको रुपमा रहेको र यसविरुद्ध एक भएर लड्नुपर्ने बताएको बीबीसीको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया