तनहुँको चुँदीखोला अतिक्रमणको चपेटामा

 चैत १०, २०८० शनिबार १८:४२:६ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका–१ चुँदीखोला अतिक्रमणको चपेटामा परेको छ । डुम्रे बजार नजिकै बगेको चुँदी खोलाको दायाँबायाँ अतिक्रमण गरी धमाधम संरचना निर्माण हुने क्रम बढेको हो । स्थानीयले दुवै तर्फबाट चुँदीखोला मिचेर साँघुरो बनाउँदै लगेका छन् । दशवटा भन्दा बढी घरका पिल्लर खोलाबाटै उठाइएको छ ।

स्थानीयले आफ्नो जग्गासँगै जोडिएको खोला क्षेत्रमा ग्याबिन र पक्की पर्खाल लगाउँदा अर्काे क्षेत्रतिर कटानको जोखिम बढेको छ । फोहोर पानी र ढलसमेत खोलामा मिसाउँदा खोला प्रदूषित बन्दै गएको छ । खोला किनारबाट बन्दीपुर गाउँपालिकातर्फ झण्डै १५ वटा पक्की घर निर्माण गरी होटल तथा विभिन्न व्यवसाय सञ्चालन गरिएको छ । भानु नगरपालिकातर्फ पनि चुँदीखोला अतिक्रमण गर्ने क्रम बढेको छ ।

डुम्रेबजारतर्फ बजार विस्तार गर्ने ठाउँ सकिएपछि पारि भानु नगरपालिकातर्फ बस्ती विस्तार हुन थालेको छ । भानुु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले सार्वजनिक जग्गा मिचिएको पाइए कारवाही गरिने बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया