पहाडी भेगमा दिउँसोपख पानी पर्ने सम्भावना

 चैत १७, २०८० शनिबार ६:१८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – यतिबेला देशभर मौसम आंशिक बदली भएको छ । दिउँसोपख पहाडी भेगका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिमसँगै कोशी प्रदेशका पहाडी भेगमा दिउँसोपख पानी पर्ने सम्भावना छ । भारतबाट पानी पार्ने बादल नेपाल प्रवेश गरिरहेको र स्थानीय प्रभावले पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

भोलिदेखि मौसममा केही सुधार हुने मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया