आईपीएल क्रिकेट : कोहलीले ८३ रन बनाएको खेलमा बेंगलुरु कोलकातासँग ७ विकेटले पराजित

 चैत १७, २०८० शनिबार ६:३२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ७ विकेटले हराएको छ । बेंगलुरुमा गएराति भएको खेलमा घरेलु टोलीले जितका लागि दिएको एक सय ८३ रनको लक्ष्य कोलकाताले १६ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

कोलकाताका वैंकटेस अय्यरले अर्धशतक बनाए । त्यस्तै सुनिल नारिनले ४७, कप्तान श्रेयस ऐयरले अविजित ३९ रन र फिल साल्टले ३० रन जोडे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो ।

उसका विराट कोहलीले अविजित ८३ रन बनाए । क्यामरन ग्रिनले ३३ रन जोडे । कोलकाताको यो दोस्रो जित हो । बेंगलुरुले तेस्रो खेलमा दोस्रो हार ब्यहोरेको छ । आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्टस् र पञ्जाब किङस् खेल्दैछन् ।

यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे लखनउमा शुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया