आज विश्व नेवाः दिवस मनाईंदै

 चैत १७, २०८० शनिबार १२:२३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वर्ल्ड नेवाः अर्गनाइजेशनको आव्हानमा हरेक मार्च महिनाको अन्तिम शनिवार विश्व नेवाः दिवस मनाउने निर्णय अनुसार आज विभिन्न देशमा रहेका नेवार सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरेर सातौंं विश्व नेवाः दिवस मनाउँदैछन् ।

नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा वल्र्ड नेवा अर्गनाइजेशनको केन्द्रीय समितिले नेपाली समय अनुसार आज बेलुकी ८ बजे विश्व कविता सम्मेलन गर्न लागेको छ ।

त्यस्तै नेपालमा पाटन म्यूजियममा नेपाल च्याप्टरको आयोजनामा अहिले कार्यक्रम हुँदैछ । त्यस्तै दिवसको अवसरमा भारत, अमेरिका, जापान, बेल्जियम, न्यूजिल्याण्डलगायतका देशमा रहेका नेवार सङ्घ संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया