आयरल्यान्ड–उल्भ्ससँगको दोश्रो खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै

 चैत १७, २०८० शनिबार १३:८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आयरल्यान्ड–उल्भ्ससँगको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको दोश्रो खेलमा नेपालको 'ए' टोलीले टस जितेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालको 'ए' टोलीका कप्तान विनोद भण्डारीले पहिले बलिङ गर्ने निर्णय लिएका छन् । खेल शुरु भएकाे छ ।

हिजो भएको पहिलो खेलमा नेपालको 'ए' टोली २१ रनले पराजित भएको थियो । यो श्रृङ्खला जोगाउन नेपालको टोलीलाई आज जित्नैपर्ने दबाब छ । श्रृङखलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ ।

टी–२० शृङ्खलापछि यी दुई टोलीले आउने बुधवारदेखि शुरु हुने तीन खेलको एकदिवसीय शृङ्खलामा खेल्नेछन् । आयरल्यान्ड ए' टोलीलाई आयरल्यान्ड उल्भ्स नाम दिइएको छ ।

यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो । टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो खेल आउने सोमवार हुनेछ ।

नेपाली टोलीको प्लेइङ–११ मा कप्तान भण्डारीसहित लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमलसिंह ऐरी र हेमन्त धामी छन् । त्यस्तै बेन्चमा विकास आग्री, विपिन खत्री, पवन सर्राफ र नारायण जोशी रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया