आयरल्यान्ड–उल्भ्सले दियो नेपाल 'ए' लाई २२५ रनको लक्ष्य

 चैत १७, २०८० शनिबार १५:८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दोस्रो टी–२० अभ्यास खेलमा आयरल्यान्ड–उल्भ्सले नेपाल 'ए' लाई २२५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड–उल्भ्सले निर्धारित ओभरमा छ विकेट गुमार २२४ रन बनायो ।

आयरल्यान्ड–उल्भ्सका कप्तान निल रकले सबैभन्दा ७१ रन बनाए । यस्तै पीटर मुरले ६५ रन बनाए । नेपालका सागर ढकालले तीन, कमल सिंह ऐरी र पवन सर्राफले समान एक विकेट लिए ।

हिजो भएको पहिलो खेलमा नेपालको 'ए' टोली २१ रनले पराजित भएको थियो । यो श्रृङ्खला जोगाउन नेपालको टोलीलाई आज जित्नैपर्ने दबाब छ । श्रृङखलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ । टी–२० शृङ्खलापछि यी दुई टोलीले आउने बुधवारदेखि तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछन् । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड–उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया