बाँकेका १३ जना महिला स्वास्थ्य स्वयंसेविका ५० हजार रुपैयाँ नगदसहित बिदा भए

 चैत १८, २०८० आइतबार १५:१०:४५ | रासस
unn.prixa.net

फाइल फाेटाे

बाँके – जिल्ला स्वास्थ्य कार्यालय बाँकेले १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजार रुपैयाँ नगदसहित बिदाइ गरेको छ । ६० वर्ष उमेर पुगेका स्वास्थ्य स्वयंसेविकालाई ५० हजार रुपैयाँसहित सम्मान गरेर बिदाइ गर्ने लुम्बिनी प्रदेश सरकारको कार्यक्रमअन्तर्गत उनीहरूलाई बिदाइ गरेको कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले महिला स्वास्थ्य स्वयंसेविकाकाे योगदानलाई सम्मान गर्न प्रदेश सरकारले ५० हजार रुपैयाँ नगद प्रदान गर्ने नीति लिएको र यो शुरुवात भएको बताउनुभयो ।

लुम्बिनी प्रदेशमा नौ हजार महिला स्वास्थ्य स्वयंसेविका रहेकामा बर्सेनि झन्डै चार सय जनाले अवकाश पाउने गरेका छन् । सम्मानित महिला स्वास्थ्य स्वयंसेविका बीना पाण्डेले नगदसहित सम्मान गरेर बिदाइ गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अङ्गद शाहीले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा गाउँगाउँमा स्वास्थ्यसम्बन्धी जागरण ल्याउन अमूल्य योगदान गरेको भन्दै प्रशंसा गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया