एक हप्तादेखि रोकिएको मन्थली–लुक्ला उडान आजदेखि शुरु

 चैत १८, २०८० आइतबार १५:२२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : निराेज सेढाईँ

काठमाण्डाै – एक हप्तादेखि रोकिएको मन्थली–लुक्ला उडान आजदेखि शुरु भएको छ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उडान हुन नसकेकोमा मौसम खुलेपछि आज बिहानदेखि उडान शुरु भएको हो ।

बितेको एक हप्ता खराब मौसमका कारण जहाज नउडेपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत लुक्लाभन्दा केही तल सुर्केमा पुर्‍याइएको थियो । केही पर्यटक सडक मार्गबाट सोलुखुम्बुको फाप्लुसम्म पुगेका थिए ।

आज बिहान ६ बजेदेखि जहाजका लागि लुक्लामा राम्रो मौसम भएका कारण उडान शुरु भएको तारा एअर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया